अर्घाखाँचीले बारम्बार उर्जा मंत्री र बिधुत हाकिम पाउँदा पनि जिल्लावासी अन्धकारमा बाच्न बाध्य

| २०७८ भदौ ६ गते ००: ०५ मा प्रकाशित

गुरुदेव खनाल। सन्धिखर्क नगरपालिका वडा न. ९ अर्घा मैदानमा बाटोको छेउ २ फुट नजिकै यसरी लापरबाही तरिकाले राखिएका बिजुलीका फ्युज , हेर्नुहोस त अर्घाखाँचीको विद्युत प्राधिकरणको यो कार्य यी, यस्ता लापरबाहीको कारण कयौं नाबालकहरुले हात, खुट्टा गुमाएर अपांग हुनु परेको छ । हामीले पटक - पटक विद्युत प्राधिकरणको कार्यालयलाई ध्यानाकर्षण  गराउदा पनि अटेर  गरेर यो अवस्था देखियो । 

यसले भोलिको दिनमा अझै  के, कस्तो अवस्था सिर्जना हुनेहोला?  अर्घाखाँची जिल्लाकै उर्जा मन्त्री  अनि यहीँ जिल्लाकै युवा विद्युत कार्यालयको हाकिम हुनुन्छ तर उहाँहरू जिल्ला बासी नै भएता पनि  जिल्ला बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छ्न । यसको विषयमा हामीले करायो- करायो दक्षिणा हरायो भन्दाको चाल, अन्धकारबाट जिल्ला कहिल्यै मुक्त भएन । 

यहाँका बासिन्दाले  के जिल्ला कै उर्जा मन्त्री भएता पनि अन्धकारबाट मुक्त हुन नपाउने हो? जिल्ला कै विद्युतका हाकिम भएपछि परिवर्तनको ठुलो आशा हुँदा पनि यहाँ अध्यारोबाट मुक्त हुन नपाउने हो? के यसरी नै चलाउने हो यहाँको जिल्ला?  हरेक काममा राजनीति  चलखेल कारणले यो जिल्ला हरेक कार्यमा ओझेलमा परेको छ । यसको विरुद्धमा सम्पुर्ण युवा एकजुट भएर आवाज उठाउन आवश्यक छ ।

 कुनै पनि झोले राजनीति भएर होईन । स्वतन्त्र नेपाली नागरिक भएर  आवाज उठाउ ।कयौंका हात खुट्टा भन्नेमा कतिजना छन् डाटा आउछ भने राम्रो हुन्छ,अनि अन्धकारको ठाउँमा पोल र तार झुन्डाउने स्तरोन्नतिमा ध्यान नदिने दिनमा घन्टैपिछे बिजुली गैरहने समस्याबाट  जनताबाट आजित भए छिन छिनमा बिजुली जाने आउने कारण र भोल्टेज नमिल्ने कारण कयौं सर्वसाधारण तथा कार्यालय तथा कम्पनीका विद्युतीय सामाग्री बिग्रने,जल्ने जस्ता समस्याले सताएको छ।

प्रतिक्रिया दिनुहोस्