दुवै मिर्गौला पिडित गन्धर्वलाई आर्थिक सहयोग रकम हस्तान्तरण

| २०७८ भदौ ९ गते १८: ४५ मा प्रकाशित

गुरुदेव खनाल ,अर्घाखाँची।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० धरमपानी को भक्तेडाँडाका दुवै किड्नी पिडित शिव गन्धर्वलाई आर्थिक रकम हस्तान्तरण गरिएको छ।

आफु बाचौं र अरुलाई पनि बचाऔँ  पुण्य कमाउ भन्ने मुल नाराका साथ जागौँ नेपाल प्रवास समिति र Nepalies IN Saudi Arabia को सहकार्यमा संकलित रकम १० हजार रुपैँया  र जागौँ नेपाल राष्ट्रिय समितिका अध्यक्ष एवं समाजसेवी युवा पुन्य खनाल ले  संकलन गरेको ६ हजार रुपैँया गरि जम्मा १६ हजार रुपैँया अर्घाखाँचीबुलेटिनका प्रतिनिधि गुरुदेव खनाल समाजसेवी तथा जागौँ नेपालका समितिका प्रबक्ता अभिषेक खरेलको उपस्थितिमा अर्घाखाँची बुलेटिन को कार्यालयमा मिर्गौला पिडित शिव गन्धर्वलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो। 

जागौँ नेपाल प्रवास समितिले बिगत केहि बर्ष यता देखि बिभिन्न पिडितहरुलाई आर्थिक रकम सहयोग गर्दै आईरहेको छ। 

 

प्रतिक्रिया दिनुहोस्