प्रदेशसभा क्षेत्र नम्बर १ को सचीवमा उम्मेद्बारी दिने युवा नेता विशाल आचार्यको घोषणा

| २०७८ भदौ ९ गते १८: ५४ मा प्रकाशित

सन्धिखर्क । अर्घाखाँची जिल्लाका दुईवटा प्रदेशसभा( १ र २)मध्ये प्रदेश सभा क्षेत्र नम्बर १ कार्यसमितिको सचीवमा आफ्नो उम्मेद्बारी रहने युवानेता विशाल आचार्यले घोषणा गरेका छन । 

 बिद्यार्थीकाल देखि ने बि संघ हुँदै  नेपाली काङ्ग्रेसको राजनीति सुरु गर्नु भएका आचार्य अहिले पनि ने बि संघ जिल्ला कार्यसमिति अर्घाखाँचीको सदस्य तथा ने बि संघ सि टि ई भि टी लुम्बिनी प्रदेश सभापति समेत हुन ।

आचार्यले आफ्नो जिवनकालमा पाँच नम्बर प्रदेशमै प्राविधिक तहका सम्पुर्ण बिद्यार्थीको नेतृत्व गरीसक्नु भएको छ । युवा नेता आचार्यले आफू १२ ओटै जिल्लामा नेतृत्व गरिसकेकाले जिल्लाको क्षेत्र नम्बर १ को सचिबमा आफू अब्बल रहेको बताउदै उक्त पदको लागि आफ्नो उम्मेद्बारी रहेको बताएका छन ।

साथै आचार्यले आफू पदिय हिसाबमा सचीवमा भन्दा माथी लडन सक्ने हैसियत भएको भएपनि तत्कालिन राजनीति गर्नु भएका अन्य अग्रजहरुलाई स्थान दिदै आफू लडने बताए । 

तत्कालीन समयमा बाढीपहिरो जोखिम , बिद्यार्थीका समस्या , संगठन बिस्तार लगायत थुप्रै समाजिक कार्यमा आफ्नो अग्रसरता रहेको जनताले महसुस गरेको बताएका छ्न । जिल्लाको सितगंगा नगरपालिका , सन्धिखर्कका विभिन्न ठाउँहरु लगायत विभिन्न ठाउँमा राहत सहित जनताको घाउमा मलम लगाउन आफु तल्लीन रहेको र भोलिका दिनमा पनि अझै सक्रियताका साथ काम गर्ने बताए 

नेता आचार्यले अहिले काङ्ग्रेस भित्र युवाहरुको सङ्ख्यामा कम सहभागिता भएको हुँदा युवामैत्री काङ्ग्रेस बनाउन र पार्टी भित्र गुटबन्दी भन्दा पनि पार्टीलाई जनताको पार्टी बनाउन आफ्नो महत्त्वपूर्ण भुमिका रहने उहाँको भनाई छ । साथै सम्पुर्ण क्षेत्रीय प्रतिनिधि तथा सुबेछ्छुकहरुले सहयोग गर्नुहुन पनि अनुरोध गर्दै आफ्नो उम्मेद्बारी घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्