अर्घाखाँचीमा थप १६ जनामा कोरोना पुष्टी:१७८ जना उपचाररत (सम्पूर्ण विवरण सहित)

| २०७८ भदौ १० गते १९: २९ मा प्रकाशित

अर्घाखाँची। पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ३ जना, भुमिकास्थानमा २ जना ,शितगंगामा ० जना मालारानी गाउँपालीकामा ७ जना ,पाणिनीमा २ जना ,छत्रदेवमा २ जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

 यस संगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ९४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १७८ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । 

जसमा सन्धिखर्क नगरपालीकामा ६८ जना, भुमिकास्थान नगरपालीमा १६ जना , शितगंगा नगरपालीकामा १३ जना, मालारानि गाउँपालीकामा ५७ जना, पाणिनि गाउँपालीकामा १५ जना र छत्रदेव गाउँपालीकामा ९ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ८०  जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्