अर्घाखाँचीको अर्घा भेड़ावारिका एक पुरुषको भिरबाट लडेर मृ'त्यु (भिडियो सहित)

| २०७८ भदौ ११ गते १५: ०४ मा प्रकाशित

हरिश चन्द्र बिश्वकर्मा,सन्धिखर्क । अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वडा न. ०९ अर्घा भेडाबारी निवासी ७५ बर्षिय गाउँमा बोलाउँने नाम ( पेयाका गन्धर्व ) नागरिता नाम तुल्सिराम  गन्धर्वको भिरबाट लड्दा मृ'त्यु भएको छ। 

तुलसीराम गन्धर्व  हिंजो २०७८ भाद्र १० गतेका दिन बिहान करिब १० बजे तिर घर बाट खाना खाएर सन्धिखर्क नेपाल बिधुत प्राधिकरण मा आफ्नो घरको  मिटर बक्स निकाल्न को लागि भनेर हिडेका र नेपाल बिधुत प्राधिकरण मा आफ्नो काम सकाएर बजार बाट घर फर्कने क्रममा सन्धिखर्क १० को अर्घा भनभने  आफ्नी घर देखि वारिपट्टिको सामुदायिक बन को बाटो पैदल हिडेर आफ्नो घर भेडाबारी जाने क्रममा खुट्टा चिप्लिएर लड्दा  गन्धर्वको मृत्यु हुन् पुगेको प्रहरी स्रोतले जनाएको छ। 

गन्धर्वलाइ हात मा लठ्ठी र टमाटर ,सिरमा छिर्केमिर्के टोपी पछाडी झोला भिरेकोल डिरहेको अवस्थामा भनभनेको बाटो देखि १०० मिटर तल सल्लाको बोटमा अड्किएको अवाथामा आफ्ना बुहारी र छोरीहरुले मृत अवस्थामा फेला पारेका थिए। 

बुहारी र छोरीहरु पनि मृतक तुल्सीराम गन्धर्व भन्दा आधा घण्टा पछाडी सन्धिखर्क बाट सोहि बाटो घर फर्कने क्रममा घटना स्थलको नजिकै नीर पुग्दा तुल्सिराम गन्धर्व ले हातमा समाएको  लठ्ठी , सिरमा लगाएको छिर्केमिर्के टोपी ,टमाटर अनि खल्तीमा भएको चुरोट छरपष्ट भिरमा खसेको देखेपछि सोहि आधारमा बुहारी र छोरी अथालिंदै गोरेटो बाटो देखि तल तिर खोज्दै जाँदा हिंजो साँझ  करिब ६:३० बजे तिर बाटो देखि १ सय मिटर तल सल्लाको बोटमा अड्किरहेको मृत अबस्थामा फेला पारेका थिए । 

आफ्ना बुवा र शशुरा बुबाको भिरबाट लडेर घटना भएको फेला पारिसकेपछि  बुहारी र छोरीले तुरुन्तै जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीमा कल गरि घटनाको बारेमा जानकारी गराएका थिए। घटनाको खबर पाउँन साथ्  जिल्ला प्रहरी कार्यलय ले बिहार प्रहरी चौकी लाई खबर गरि इलाका प्रहरी चौकी बिहार बाट प्रसनी मान ब. थापा को कमान्ड मा टोलि घटना स्थलमा पुगेको थियो। 

मृतक गन्धर्वको शवलाई नेपाल प्रहरीको टिम र अर्घाखाँची बुलेटिन का पत्रकार हरिशचन्द्र बिश्वकर्मा सहितको समूलले हिँजो रातभर शव कुरेर जंगलमै बसेका थिए। आज बिहान नेपाल प्रहरीको टिमले शवको प्रक्रिया सकीसकेपछि मृतक तुल्सीरामको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाईएको छ। 

प्रतिक्रिया दिनुहोस्