अर्घाखाँचीमा आज १५ जना कोरोना संक्रमित निको भएर घरफर्किए : थप ५ जना संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)

| २०७८ भदौ ११ गते १७: १२ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। अर्घाखाँचीमा सुक्रवार १५ जना कोरोना संक्रमित निको भएकाछन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ६ जना, भुमिकास्थान नगरपालीकाबाट १ जना, मालारानी गाउँपालीकाबाट ६ जना , र छत्रदेव गाउँपालीकाबाट २ जनागरी १५ जना कोरोना संक्रमणमुक्त भएका छन । यससंगै जिल्लामा हालसम्म ३ हजार ८ सय ५१ जनाले कोरोनालाई जितेका छन ।

यस्तै सुक्रवार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा १ जना, भुमिकास्थान नगरपालीकामा २ जना,शितगंगा नगरपालीकामा १ जना र मालारानी गाउँपालीकामा १ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ९९ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १६८ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ६३ जना, भुमिकास्थान नगरपालीमा १७ जना , शितगंगा नगरपालीकामा १४ जना, मालारानि गाउँपालीकामा ५२ जना, पाणिनि गाउँपालीकामा १५ जना र छत्रदेव गाउँपालीकामा ७ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्