अर्घाखाँचीमा सनिवार २१ जनाले कोरोना जितेर घर फर्किए: थप ३ जनामा कोरोना संक्रमण (सम्पूर्ण विवरण सहित)

| २०७८ भदौ १२ गते १९: २० मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। अर्घाखाँचीमा सनिवार २१ जना कोरोना संक्रमित निको भएकाछन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट १२ जना,मालारानी गाउँपालीकाबाट ४ जना ,पाणिनी गाउँपालीकाबाट ३ जना र छत्रदेव गाउँपालीकाबाट २ जनागरी २१ जना कोरोना संक्रमित निको भएका छन । यससंगै जिल्लामा हालसम्म ३ हजार ८ सय ७२ जनाले कोरोनालाई जितेका छन । 

यस्तै सनिवार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकामा १ जना र मालारानी गाउँपालीकामा २ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार १ सय २ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १५० जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ५१ जना, भुमिकास्थान नगरपालीमा १८ जना , शितगंगा नगरपालीकामा १४ जना, मालारानि गाउँपालीकामा ५० जना, पाणिनि गाउँपालीकामा १२ जना र छत्रदेव गाउँपालीकामा ५ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्