अर्घाखाँची माधव नेपालमय बन्दै : ३ सय २१ जना युवा एमाले छाडेर एकीकृत समाजवादीमा

| २०७८ भदौ १२ गते २२: ४६ मा प्रकाशित

अर्घाखाँची। नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका नेता रामबहादुर चौहानले बलियो जनाधार सहितको अर्घाखाँचीमा निर्णायक पाटी बन्ने बताएका छन् । उनले ३ सय २१ सदस्यीय युवा संघ गठन भएकाले अब वृद्धको होस र युवाको जोसमा समाजवादी पाटी अगाडी बढ्दो बताए ।

बावुराम भुसाल जिल्ला इन्चार्ज र पुष्कर पौडेलको संयोजकमा ३ सय २१ सदस्यीय युवासंघ गठन भएको छ र दुई/चार दिनमा ३ सयको संख्यामा विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटी गठन हुने बताए ।

नेकपा (एमाले) को आधिकारिक अध्यक्ष आफु भएको र त्यो सबै जिल्ला कमिटीलाई केही दिन भित्रमा समाजवादी पाटीमा रुपमान्तरण गर्ने तयारी रहेको चौहानको भनाई छ । समाजवादी पाटीका कार्यकर्तालाई विचलित पार्ने, कार्यक्रम बिथोल्ने काम कसैले गर्ने प्रयास गरेमा सशक्त प्रतिकार गर्ने चौहानले बताए ।
‘अब एकीकृत समाजवादी पाटी अर्घाखाँचीमा नयाँ जोश, नयाँ जागर, नयाँ गति, नयाँ कार्यक्रम, नयाँ विचारका साथ अगाडी बढ्छ,’ जननी खबरसँगको कुराकानीमा चौहानले भने, ‘कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढ्छौं । हामीले पाटी फुटाएका होइनौं, पाटी ओली प्रवृद्धिका कारण अरु चोइटिएका छन्, हामी मुलप्रवाह हौं ।’

उनले सुपो ठटाएर हात्ती नतर्सने बताउँदै लोकतन्त्रको रक्षा गर्दै जनताका काममा कटिबद्ध भएर अगाडी बढ्दो उनले बताए । प्राप्त उपलब्धीको रक्षा गर्न र कम्युनिष्ट आन्दोलनलाई नया गति दिने काम एकीकृत समाजवादीले गर्ने उनले बताए ।स्रोत - जननी खबर 

प्रतिक्रिया दिनुहोस्