लायन्स क्लब अफ अर्घाखाँचीद्वारा मथुरामा बृक्षाराेपण

| २०७८ भदौ १३ गते १८: ४४ मा प्रकाशित

प्रेमनारायण आचार्य, सन्धिखर्क। लायन्स क्लव अफ अर्घाखाँचीले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ५ मा रहेको गोपेश्वर पिठ मथुरामा वृक्षारोपण गरेको छ ।

पिठ संचालक समितिका पदाधिकारीहरुको समेत उपस्थितीमा बृक्षारोपण गरिएको क्लवका अध्यक्ष हरि प्रसाद भुसालले बताउनु भयो  ।  

डिभिजन बन कार्यालय अर्घाखाँची संगको सहकार्यमा करीव १५० वटा विरुवा रोपिएको हाे  । स्थापना कालदेखीनै सामाजिक गतिविधी तिव्र बनाएको क्लवले विभिन्न प्रजातिका विरुवा, फलफुल तथा औषधिय गुणयुक्त विरुवा रोपण गरिएकाे क्लबका काेषाध्यक्ष  मिरा सेजवालले बताउनु भयो  । 

करीव एक महिना अघि स्थापना भएको क्लवले सामाजिक सचेतनामूलक गतिविधी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्