माधव नेपाल पद र पावर बिना बाच्न नसक्ने प्राणी : नेता घिमिरे

| २०७८ भदौ १४ गते १६: १० मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची । लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा  एमाले नेता रामजीप्रसाद घिमिरेले माधव कुमार नेपाल पद र पावर बिना बाच्न नसक्ने प्राणी भएको आरोप लगाएका छन ।

माधव कुमारले विधि र पद्धतीको मात्र मन्त्र जपिरहने व्यबहार भने फरक  गरिरहेको नेता घिमिरेले दाबी गरेका हुन ।  नेता घिमिरेले सामाजिक संजालमा पोस्ट गर्दै भने  “कठैबरा ! एकीकृत समाजवादी क्लबका अध्यक्ष तथा निस्कासित सांसदहरुकाे संसदिय दलकाे नेता” भएको बताए ।  नेपाल आफै नेकपा एमाले को अध्यक्ष, आफै संसदीय दलको नेता भएकोमा हास्याजनक रहेको टिप्पणी गरे । 

नेकपा एमालेमा रहदा "एक व्यक्ती एक पद"को जोडदार वकालत गर्ने माधव नेपाल पदको लागी नियतबस पार्टी लाई अलगअलग पार्न खोजेको नेता घिमिरेले बताए । 

नयाँ दल दर्ता भएपछि नेकपा एकीकृत समाजवादीले आइतबार माधव कुमार नेपाल लाई अध्यक्ष चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्