लायन्स क्लव अर्घाखाँचीद्वारा सन्धिखर्ककाे ढुंगे देउरालीमा बृक्षाराेपण

| २०७८ भदौ १५ गते ०२: ४० मा प्रकाशित

विवस थापा,अर्घाखाँची। एक सदस्य एक बिरुवा अभियान अन्तरगत लायन्स क्लब अफ अर्घाखाँचीले बृक्षाराेपण सम्पन्न गरेकाे छ ।

क्लवका पदाधिकारि तथा सदस्यहरुले सन्धिखर्क नगरपालिका वडा नं १० ढुंगे देउरालीमा बृक्षाराेपण गरेका हुन् ।

"बिरुवा राेप्ने अनि त्यत्तिकै छाेड्ने हाम्राे अभियान हाेईन" क्लवका अध्यक्ष हरिप्रसाद भुसालले भने "हामीले राेपेका बिरुवा हामी संरक्षण गर्छाैँ, अनि हुर्काउछा‌ैँ पनि ।"

२५ सदस्य रहेकाे क्लवका पदाधिकारी तथा सदस्यहरुले तारजाली सहित २५ वटा बिरुवा राेपेका छन् । ती राेपिएका बिरुवा जसले राेपेकाे हाे उसैले नै आगामी दिनमा मलपानी तथा संरक्षण गर्ने क्लवका उपाध्यक्ष कृष्ण भुसालले बताए ।

बृक्षाराेपण कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली सहित सामुदायिक बनका पदाधिकारिहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।

क्लवले केहि दिनअघि अर्घाखाँचीकाे पवित्र स्थान गाेवेश्वर पिठ मथुरामा पनि बृक्षाराेपण गरेकाे थियाे ।स्थापनाकाे करिव एक महिना पूरा गरेकाे क्लवले करिव आधा दर्जन सामाजिक काम गरिसकेकाे क्लवका काेषाध्यक्ष मिरा केसी सेजवालले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्