अर्घाखाँची जिल्लामा कृयाशिल संघ संस्थाका प्रमुख तथा प्रतिनिधि बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७८ भदौ १५ गते १४: ३४ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लामा कृयाशिल संघ संस्थाका प्रमुख तथा प्रतिनिधि बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम मा जिल्ला का कृयाशिल संघ संस्था हरुका प्रमुख तथा प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।

कार्यक्रम मा मन्तव्य राख्दै प्रजिअ पौडेल ले  सरकार एउटा जिम्मेवार संस्था हो भने सामाजिक संघ संस्था हरु सरकार को सहयोगी संस्था भएको उल्लेख गर्दै सामाजिक संघ संस्था मा काम गर्ने हरु बिकास र समृद्धिको क्षेत्र मा मात्र नभइ  बिनास र बिपद का बेलामा पनि  सकृय भुमिका  निर्बाह गर्न आह्वान गर्नु भयो। जिल्ला मा कार्यरत  केही  संस्था हरुले आफ्नो संस्थामा कार्यरत कर्मचारी हरुलाइ बाह महिनाको हाजिर गराइ दस महिना को तलब बुझाउने गरेको भन्दै त्यस्तो संस्था लाई कार्बाहिको दायरामा ल्याइएको समेत जानकारी गराउनु भयो। जिल्लामा केही संघ संस्था हरुले समयमै नवीकरण नगराउने नवीकरण को म्याद सकिए पछि पावरको प्रयोग गरि  नवीकरण गराउन खोज्ने जस्ता समस्या  उल्लेख गर्दै जो कसैलाई पनि छुट नदिइने प्रतिबद्धता ब्याक्त गर्नु भयो ।
 
कार्यक्रम मा प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्री साहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल नायब सुब्बा फर्सुराम पान्डे लगायत को उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्