अखिल क्रान्तिकारी अर्घाखाँचीद्वारा जिल्लाका सात वटा समुदायिक बिधालयमा कालो ब्यानर

| २०७८ भदौ १५ गते १८: ३१ मा प्रकाशित

प्रकाश भुसाल। अखिल क्रान्तिकारि अर्घाखाँची जिल्ला कार्यसमितिले आज अर्घाखाँचीका सात वटा बिधालयमा कालो ब्यानर टागेको छ।शिक्षा क्षेत्रमा मा चर्को रकम असुली तथा विद्यार्थीका माग सम्बोधन नगरेको भन्दै अखिल क्रान्तिकारी अर्घाखाँचीले कालो ब्यानर टागेर बिरोध प्रर्दशन गरेको छ।

जिल्लाका जनज्योती मावि चुत्राबेशी, युवाबर्ष रविचित्र मावि हटारी, महेन्द्र विद्यावोध मावि छत्रदेव, विश्व मावि ढाकावाङग, शिद्धार्थ मावि रतनमारे शान्ती मावि वाँगी, शिवमदन मावि नरपानी लगाएतका विद्यालयमा कालो ब्यानर राखेको बताएका छन् । 

ब्यानरमा लेखिएको छ । 

१) विद्यार्थीबाट क्यारेक्टर सर्टिफिकेटको चर्को शूल्क लिएकोले । 

२) सरकारी विद्यालयमा राज्यले १२ सम्म निशुल्क शिक्षा भने पनि चर्को शूल्क अशूल गरेकोले । 

३) सरकारी विद्यालयलाई बिस्तारै निजिकरण गर्ने प्रयास गरेकोले । 

४) राजनितिक आडमा विद्यालय प्रशासन विद्यार्थीहरुको माग प्रति गम्भिर नभएकोले । 

५) भवन निर्माग गर्दा आर्थिक अनियमितता गरेकोेले ।

६)श्री बिश्व माध्यमिक बिधालयको बिगत ७ बर्ष देखीको हिसाब सार्बजानिक गर्न। 

लगायतका बुँदाहरु राख्दै कालो ब्यानर राखेको छ । 

यस्तै जिल्ला ईन्चार्ज नविन खड्काले यो दोस्रो  चरणको आन्दोलन भएको र हामिले राखेका मागहरुमा गम्भिर नभए र बेवास्ता गरिएमा तेस्रो चरणको आन्दोलन कालो मोसो दल्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्