अर्घाखाँचीबाट अबैध रुपमा कपिलवस्तु तर्फ लैँजादै गरेका बाख्रा सहित डबल क्याब पक्राउ

| २०७८ भदौ १६ गते १७: १८ मा प्रकाशित

अर्घाखाँची। आज बिहान गते अं.०७:१५ बजेको समयमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ को प्रहरी चौकीले अबैध बाख्राहरु नियन्त्रणमा लिएको छ। 

प्रहरी चौकी नरपानीको चेकपोइन्टमा चेकजाँच गर्दा अबैध रुपमा अर्घाखाँचीबाट कपिलवस्तु तर्फ लैँजादै गरेको अवस्थामा बा.१२.च १६९१ नम्बरको बोलेरो डबल क्याब जिपमा स्त्री प्रजातिका १० वटा बाख्रा फेला परि बाख्रा सहितको सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सन्धिखर्क नगरपालिकाको कार्यालय पठाईएको थियो। 

सन्धिखर्क नगरपालिकाले ५,०००/ पाँच हजार रुपैँया जरिवाना गरेको छ।

प्रतिक्रिया दिनुहोस्