आज अर्घाखाँचीमा ६ जनामा कोरोना संक्रमण पुष्टी: ११० जना उपचाररत

| २०७८ भदौ १६ गते १६: ५८ मा प्रकाशित

श्याम घिमिरे, भदाै। अर्घाखाँचीमा बुधबार ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ३ जना, मालारानी गाउँपालीकामा २ जना र पाणिनी गाउँपालीकामा १ जना गरी थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 

योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार १ सय २४ पुगेको छ । यस्तै जिल्लामा हालसम्म ३ हजार ९ सय ३३ जनाले कोरोनालाई जितेका छन ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ११० जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ५२ जना, भुमिकास्थान नगरपालीमा ९ जना , शितगंगा नगरपालीकामा १२ जना, मालारानि गाउँपालीकामा २६ जना, पाणिनि गाउँपालीकामा ६ जना र छत्रदेव गाउँपालीकामा ५ जना सक्रिय संक्रमित रहेका छन । संक्रमणका कारण जिल्लामा हालसम्म ८१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्