अर्घाखाँचीका प्रजिअ घरमै पुगेर पहिरो पीडितलाई राहत

| २०७८ भदौ १६ गते २२: ४२ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले पहिरोपीडित को घरमै पुगेर राहत सामग्री उपलव्ध गराएका छन् । 

अर्घाखाँची को पाणिनी गाउँपालिका वडा नं . ७ झन्द्रेक बस्ने पहिरोपीडित जिवलाल सुनार लाई जिल्ला प्रशासनले राहत हस्तान्तरण गरेको हो । 

मंगलबार साझ घरमाथिबाट आएको अचानक पहिरोले पीडित जिवलाल सुनारको ठुलो जनधनको क्षति भएको थियो । पीडित जिवलाल सुनारको घर गोठ पुर्णरुपमा क्षति हुनुको साथै ९ वर्षकी छोरी समेत गुमाउन पुगे । 

कोरोना महामारीका बेला प्राकृतिक प्रकोपमा परेका सुनार  परिवारलाई प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले घरमै पुगेर राहतस्वरूप बीस हजार नगद, चामल,डसना, टेन्ट, कम्बल, त्रिपाल लगायतका अति आवश्यक  राहत सामग्री हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्