अर्घाखाँचीमा आज १४ जनाले कोरोना जितेर घर फर्किए: थप ६ जनामा कोरोना पुष्टी(सम्पूर्ण विवरण सहित)

| २०७८ भदौ १७ गते १९: ३९ मा प्रकाशित

श्याम घिमिरे, अर्घाखाँची। अर्घाखाँचीमा बिहिवार १४ जना कोरोना संक्रमित निको भएकाछन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ९ जना, शितगंगा नगरपालीकाबाट २ जना,मालारानी गाउँपालीकाबाट २ जना र छत्रदेव गाउँपालीकाबाट १ जनागरी १४ जना कोरोना संक्रमित निको भएका छन । यससंगै जिल्लामा हालसम्म ३ हजार ९ सय ४७ जनाले कोरोनालाई जितेका छन ।

यस्तै बिहिवार थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ३ जना,भुमिकास्थान नगरपालीकामा १ जना र मालारानी गाउँपालीकामा २ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार १ सय ३० पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १०२ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ४६ जना, भुमिकास्थान नगरपालीमा १० जना , शितगंगा नगरपालीकामा १० जना, मालारानि गाउँपालीकामा २६ जना, पाणिनि गाउँपालीकामा ६ जना र छत्रदेव गाउँपालीकामा ४ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्