अर्घाखाँचीमा आज देखि सम्पुर्ण उधोग व्यवसाय ,यातायात होटल रेस्टुरेन्ट शैलुन, जिमहल खुल्ने

| २०७८ भदौ १८ गते १६: २० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। डिसिसिएमसी अर्घाखाँचीको बैठक सम्पन्न भएको छ।
  

डिसिसिएमसी अर्घाखाँची को बैठक भर्खरै सम्पन्न भएको बैठकले श्रावण १६ गते देखि जारी निषेधाज्ञा लाई खुकुलो बनाउँदै गएको छ।

बैठकले सम्पुर्ण उधोग ब्याबसाय, यातायात ,होटल रेस्टुरेन्ट शैलुन, जिमहल बिहान ५ बजे देखी  बेलुका ६ बजे सम्म खुला रहने छन् भने  सभा  सम्मेलन महोत्सव, जात्रा , मनोरंजन , खेलकुद  मठ, मन्दिरमा हुने दैनिक नित्यकर्मका पुजापाठ बाहेकका अन्य कार्यलाई भाद्र २८ गतेसम्म लाई  निषेधाज्ञा गरिएको छ। 

बैठक प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल को अध्यक्षता मा बसेको थियोे

प्रतिक्रिया दिनुहोस्