कतारमा मृ'त्यु भएका खड्काको परिवार लाई आर्थिक सहयोग हस्तान्तरण

| २०७८ भदौ २० गते १५: २९ मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची । कतारमा मृतक धन बहादुर खड्काको परिवार लाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -५ अल्सामारी कोखार निवासी हृदयघात भइ उपचारको क्रममा कतारमा निधन भएका धन बहादुर खड्काको परिवारलाई संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ ।

रोजगारीको सिलसिलामा कतार गएका बाँगीबासी को सहकार्यमा संकलित रकम अन्नडाउन्न हजार दुई सय चालिस (98,240) मालारानी गाउँपालिका-५ का वडा अध्यक्ष शोभाखर भुसालले निजको श्रीमती बसन्ता खड्का लाई हस्तान्तरण गरेका हुन । कतारमा खड्काको हृदयघात भइ उपचारको क्रममा दुई महिना पहिले निधन भएको थियो ।

मृतक खड्काको परिवारमा बुबा आमा श्रीमति र एक छोरा एक छोरी रहेको स्थानीय विनोद खड्का ले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्