अर्घाखाँचीमा आज १६ जना कोरोना संक्रमित निको भएर घर फर्किए: थप ५ जनामा कोरोना संक्रमण पुष्टी(सम्पूर्ण विवरण सहित)

| २०७८ भदौ २० गते १९: ३५ मा प्रकाशित

श्याम घिमिरे,भाद्र २०। 
अर्घाखाँची- अर्घाखाँचीमा आईतवार १६ जना कोरोना संक्रमित निको भएकाछन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट १३ जना, मालारानी गाउँपालीकाबाट २ जना र छत्रदेव गाउँपालीकाबाट १ जनागरी १६ जना कोरोना संक्रमित निको भएका छन । यससंगै जिल्लामा हालसम्म ३ हजार ९ सय ७४ जनाले कोरोनालाई जितेका छन ।

यस्तै आईतवार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ३ जना र भुमिकास्थान नगरपालीकामा २ जनागरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार १ सय ४२ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ८७ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३३ जना, भुमिकास्थान नगरपालीमा ९ जना , शितगंगा नगरपालीकामा १० जना, मालारानि गाउँपालीकामा २४ जना, पाणिनि गाउँपालीकामा ९ जना र छत्रदेव गाउँपालीकामा २ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्