युवा नेता बस्याल कांग्रेस अर्घाखाँचीको कार्यसमितिमा भिड्दै

| २०७८ भदौ २२ गते १६: ०२ मा प्रकाशित

अर्घाखाँची । नेपाली कांग्रेसका युवा नेता सुमन्त बस्याल जिल्ला कार्यसमितिमा भिड्ने भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष  समेत रहेका बस्याल कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति अर्घाखाँचीको सदस्यमा उम्मेद्वारी दिने बताएका छन् ।

राजनीतिमा सक्रिय बस्याल युवा अवस्थामै ट्रेड युनियनको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । सामाजिक, धार्मिक कार्यमा सक्रिय उनी सन्धिखर्क नगरपालिका वडा नम्बर १२ बाट क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्