हामीले जालझेल गरेर कसैलाई पार्टीमा ल्याउनु छैन: अध्यक्ष चौहान

| २०७८ भदौ २२ गते १८: ४० मा प्रकाशित

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले -“कसैलाई लोभ र प्रपञ्च रचेर पार्टीमा नल्याईएको र आगामी दिनहरूमा समेत नलिने बताएका छन् ।”

जस्ले जालझेल र षड्यन्त्रको भरमा आफ्नो राजनैतिक व्यापार टिकाई रहेका छन्, उनिहरुले नै हामी माथि अनावश्यक दोष थोपरी रहेका छन् । जनता कसको पक्षमा छन् भन्नेकुरा त्यो भविष्यमा हुने चुनावले देखाउने छ” उनले  बताएका छन् ।

पार्टी स्थापनाको १२/१३ दिनमै पार्टीले तिब्र गति लिइरहेको समेत उनले बताए ।

निर्वाचन आयोगले दल रोज्न दिएको समय आज भदौ २२ गते सकिएको छ । अर्घाखाँचीमा नेकपा एकीकृत समाजवादी पार्टीमा पाणिनी गाउँ पालिका उपाध्यक्ष लक्ष्मी गौतम सहित ६ जनाले सनाखत गरेका छन् ।स्रोत - सुनौलो प्रेस डटकम

प्रतिक्रिया दिनुहोस्