अर्घाखाँचीमा आज १० जनाले कोरोना जितेर घर फक्रिए: थप ९ जनामा कोरोना संक्रमण पुष्टी(सम्पूर्ण विवरण सहित)

| २०७८ भदौ २२ गते २०: ०१ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा मंगलवार १० जना कोरोना संक्रमित निको भएकाछन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ४ जना, भुमिकास्थान नगरपालीकाबाट १ जना,शितगंगा नगरपालीकाबाट ३ जना र मालारानी गाउँपालीकाबाट २ जना कोरोना संक्रमित निको भएका छन । यससंगै जिल्लामा हालसम्म ३ हजार ९ सय ९७ जनाले कोरोनालाई जितेका छन ।

यस्तै मंगलवार थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ३ जना,भुमिकास्थान नगरपालीकामा २ जना, मालारानी गाउँपालीकामा ३ जना र छत्रदेब गाउँपालीकामा १ जनागरी ९ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार १ सय ५७ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ७९ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३० जना, भुमिकास्थान नगरपालीमा १० जना , शितगंगा नगरपालीकामा १ जना, मालारानि गाउँपालीकामा २९ जना, पाणिनि गाउँपालीकामा ६ जना र छत्रदेव गाउँपालीकामा ३ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्