नेपाल बिधुत प्राधिकरण अर्घाखाँचीको चरम लाहपर्बाही: लाखौँका तारका क्वाइलहरु बर्षौं देखि अलपत्र अवस्थामा ,सम्बन्धित निकायलाई छैन कुनै चाँसो (तस्विर सहित)

| २०७८ भदौ २३ गते १७: ३० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। पछिल्लो समयमा जिल्लामा अर्घाखाँची बिधुत प्राधिकरणको चरम लाहपर्बाही देख्न सकिन्छ। 

राज्यको ढुकुटी बाट अर्घाखाँची जिल्लाका बिभिन्न क्षेत्रमा लाइन बिस्तार गर्न बिधुतिय तारका क्वाइल हरु सरकारले उपलब्ध गराएको छ। तर नेपाल बिधुत प्राधिकरण अर्घाखाँचीले लाइन बिस्तार गर्नको लागि जिल्लाका बिभिन्न ठाउँमा राखेका बिधुतिय तारहरुको व्यवस्थापनमा कुनै चाँसो नदिएको अवस्थामा चरमलाहपर्बाही गरेको देखिन्छ। 

तस्विर देखिने कालो तारका क्वाइलहरु लाइन बिस्तार गर्न भनेर राखेको १ वर्ष भन्दा धेरै समय बिति सक्दा पनि नेपाल बिधुत प्राधिकरण अर्घाखाँचीको कुनै ध्यानाकर्षण गएको छैन। लाहपर्बाहीका कारण लाखौँ रकम पर्ने बिधुतिय तारहरु बर्षाको समयमा पहिरोले पुरिएर खोलामा बगेर नष्ट भएका छन्।पहिरो र खोला देखि बग्न बाट बचेका तारका क्वाइलहरु धमिराले खाएर कामै नलाग्ने अवस्थामा रहेका छन्। 

अर्घाखाँची जिल्लामा राज्यको ढुकुटि माथि यति सारो चरम दुरुपयोग र लाहपर्बाही हुँदा सम्म खबरदारी गर्ने कुनै निकाय भेटिएको छैन। सम्बन्धित निकाय कानमा तेल हालेर मस्त निद्रामा घु'र्के'र  सुतिरहेको अवस्थामा छ भन्दा फरक नपर्ला। 

पछिल्लो समयमा अर्घाखाँचीमा आँखा झिमिक्क बत्ति झिप्पिक्कको अवस्था रहेको छ। बारम्बार जिल्लाले उर्जा मन्त्री पाउँदा सम्म अर्घाखाँचीवासीले बिजुली बत्तिको कुनै वर पाउँन सकिरहेका छैनन्। पछिल्लो  समयमा जिल्लावासी अन्धकारमा दैनिकी जीवन बिताउँन बाध्य रहेका छन। 

प्रतिक्रिया दिनुहोस्