अर्घाखाँचीका नायक शितल केसी सम्मानित

| २०७८ भदौ २३ गते १८: ३८ मा प्रकाशित

काठमाडौं । कला क्षेत्रमा योगदान दिएको भन्दै अभिनेता शितल केसीलाई सम्मान गरिएको छ । एक्टिभ इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित कार्यक्रममा उनलाई ‘राष्ट्रिय कलाकार तथा सर्जक सम्मान २०७८’ बाट सम्मानित गरिएको हो । केसीले सो कार्यक्रममा आफूसँगै विभिन्न क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई समेत सम्मान गरिएको बताए । पूर्वसहरी विकास राज्यमन्त्री माहाविर मानन्धरले उनीहरुलाई सम्मान गरेका थिए । केसीका अनुसार नेपाली चलचित्रकर्मी, गीत–संगीत तथा सर्जकलाई पनि सम्मान गरिएको थियो ।

करिव दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका अभिनेता केसीले उक्त सम्मानबाट कलाकारितासँगै सामाजिक कार्यमा पनि अघि बढ्न आफूलाई थप जिम्मेवार बनाएको सुनाए । पूर्वराज्यमन्त्री मानन्धरले लामो समयदेखि कलाकारिता गर्दै आएका कलाकारले सामाजिक कार्यजस्तो अभियानमा आफूलाई जोड्नु सराहनीय कार्य भएको बताए ।

उनले भने, ‘विगत डेढ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर अभिनय गर्नुभएको अभिनेता शितल केसीले चलचित्र क्षेत्रमा अतुलीयन योगदान दिनुभएको र सामाजिक कार्यमा पनि खट्नुभएकोमा उच्च मूल्यांकन छ ।’ कार्यक्रममा केसीसँगै गायक शिव परियार, रुपक डोटेल, राज क्षितिज, गायिका वर्षा दास, निर्देशक देवेन्द्र पाण्डे, मोडल दिप केसी लगायतका व्यक्तित्वलाई सम्मान गरियो ।स्रोत- सौर्य अनलाइन

प्रतिक्रिया दिनुहोस्