कांग्रेस महाधिवेशन : प्रदेश प्रतिनिधिमा उम्मेद्वारी दिने घिमिरेको घोषणा

| २०७८ भदौ २३ गते १८: ४६ मा प्रकाशित

अर्घाखाँची । नेपाली कांग्रेसका यूवा नेता ठाकुर घिमिरेले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत घिमिरेले अर्घाखाँची प्रदेश (ख)बाट प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

विद्यार्थीदेखि नै राजनीतिमा सक्रिय घिमिरे नेपाल विद्यार्थी संघ अर्घाखाँची रुपन्देही सम्पर्क समितिका सभापति पनि हुन् । उनले पाणिनी गाउँपालिका-४ पटौटीबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्