कांग्रेस महाधिवेशन : प्रदेश प्रतिनिधिमा भिड्दै पाण्डे

| २०७८ भदौ २५ गते २०: २३ मा प्रकाशित

बुटवल । नेपाली कांग्रेसका युवा नेता विकाश पाण्डेले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाण्डेले अर्घाखाँची क्षेत्र नं. १ बाट प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

पाण्डे विद्यार्थी राजनीति हुँदै पार्टीको राजनैतिक यात्रामा प्रवेश गरेका हुन् । उनी नेपाल विद्यार्थी संघका प्रभावशाली विद्यार्थी नेता मानिन्छन्। उनले पार्टीलाई एकजुट बनाउने र युवा पुस्ताले नेतृत्व गर्नुपर्ने उद्वेश्यले आफु प्रदेश प्रतिनिधिमा  उठ्ने निर्णय गरेको बताए।

प्रतिक्रिया दिनुहोस्