एमसिसिको भन्दा धेरै रकम एनसिएलको कर भएको दाबि: एमसिसि पास गरे नेताहरुलाई देश बाटै लखेट्ने चेतावनी : क. नविन खड्का

| २०७८ भदौ २५ गते २०: ५९ मा प्रकाशित

 अयन बिश्वकर्मा, अर्घाखाँची।नेपाल कम्यूनिस्ट पार्टी, अर्घाखाँचीको आयोजना र पार्टीको पुुर्व घोषित केन्द्रिय कार्यक्रम अनुसार सन्धिखर्कमा एमसिसि खारेजको माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । 

</

अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु राष्ट्रघाती भएको र यो सम्झौता तुरुन्त खारेजिको माग गर्दै बिरोध कार्यक्रम गरिएको सनपा र भुनपा नगर ईन्चार्ज नविन खड्काले जानकारी दिएका छन । 

बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टिका जिल्ला सचिव खेम घर्तिले एमसिसि पास गरेर ५६ अर्ब ल्याउनु भन्दा यही देशकै एनसिएल, चुरामणि शर्मा तथा तमाम देशका लुटेराहरु बाट कर मात्रै असुल गर्ने हो भने एमसिसिको भन्दा ५ गुणा रकम उठने बताएका छन । सिहं दरबारको अधिकार गाउँघर छरमिमेक भनेर चुनावमा उठेका नेताहरुले अहिले जनताहरु भोकै हँुदा समेत आफ्नो पेट भर्ने मोजमस्ती गर्ने भ्रष्ट्रचार गरेको पैसा स्विस बैँकमा जम्मा गर्ने  गरिरहेको बताएका छन ।

<
 </

यसै सन्दर्भमा बोल्दै  अहिलेको सरकार अथवा दलाल पुँजिवादी सरकारले जनताको आवश्यक्तालाई पुरा गर्न नसक्ने प्रस्ट भईसकेको छ , यसको लागी हामीले भनेको वैज्ञानिक समाजवादको बाटो एक मात्र बिकल्प रहेको बताएका छन । 

<
</

यस्तै बिरोध सभालाई संचालन गर्दै सनपा र भुनपा नगर ईन्चार्ज नविन खड्काले एमसिसि पास गर्ने भरौटेहरुलाई जनयुद्धमा गाउँ देखी लखेटे जस्तो अब शहर देखी पनि लखेट्ने बताएका छन । यस्तै एमसिसि बिरुद्धको आन्दोलनमा सम्पुर्ण शिक्षा प्रेमी, न्याय प्रेमी तथा देशभक्त नागरिकहरुलाई एकजुट भएर लाग्न अनुरोध गरेका थिए । 

<
</

बिरोध कार्यक्रम सनपा २ को भक्तिटोला चोक देखी ¥याली सुरु भई बगैँचामा सम्बोधन भएको थियो । कार्यक्रमका अर्घा जन सांस्कृतिक परिवार अर्घाखाँचीले  बिभिन्न प्रकारका जनवादी गित तथा देशभक्ति नृत्यद्धारा मनोरञ्जन समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्