मालारानीका भुसाल परिवार द्वारा मानवसेवा आश्रम बुटबलमा ८१ जना लाई भोजन

| २०७८ भदौ २७ गते १४: १२ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -५ बाँगी निवासी समाजसेबि लोकराज भुसाल र कमला बन्जाडे भुसाल  द्वारा मानवसेबा आश्रम बुटबलमा आश्रयलिएका  ८१ जना आमा बुवा तथा  दाजुभाइहरुलाइ  भाद्र २६ गतेका दिन बिहानको भोजन गराउने कार्य सम्पन्न भएको छ ।

हजरबुवा तारा प्रसाद भुसाल , बुवा चुरामणि भुसाल ,जेठाबुवा टिकराम भुसाल , माइला बुवा टुल्किराम भुसाल तथा ससुराबुवा कुलानन्दबन्जाडे हरुको संझना र स्मृतिमा उहांहरुप्रति उच्च सम्मान प्रकट गर्न आश्रमका संस्थापक  समाजसेबि शेरबहादुर  केसि र आश्रम व्यबस्थापन सहयोगिहरुको समन्बयमा सम्पन्न गरिएको हो ।

आश्रमको तर्फबाट शेरबहादुर  केसीले बोल्दै यश प्रकारको मानव कल्याण कार्यमा सहयोगिहातहरुको सहयोग प्राप्त हुनु नै गौरवको बिषय भएको र लोकराज भुसाल कमला बन्जाडे भुसाल र उहांहरुको परिबारबाट मानवसेबाको यसप्रकारको योगदान  आश्रमको स्थापनाकाल देखिनै निरन्तर पुर्यायर उदाहरणिय कार्य गर्नु भयकोले धन्यबाद  दिनु भयको थियो।

कार्यक्रममा आश्रंमा रहेका दाजुभाइहरुलाइ भोजन गराउदाको अनुभूति र यस कार्यक्रमको प्रेरणा बारे समाजसेबि लोकराज भुसाल र कमला बन्जाडेले बोल्दै  खास गरि आफूहरु श्रमिक मजदुर बर्गिय भाबना र आस्था प्रति प्रेरित रहेको  र दिनदुखि गरिबिको चपेटामा परेको  बर्ग समुदायलाइ सहयोग गर्नसकेमात्र मानब समाजमा असल सभ्यताको बिकास गर्न गराउन सकिने भावना साथ  यस प्रकारको  मानवसेवा आश्रमका सेबा  संग जोडियको बताउनु भयो ।

साधन श्रोतको ब्यबस्था गर्न सकुन्जेल निरन्तर यो कार्यमा  सहभागी भैराख्ने प्रतिबद्दता प्रकट जारी गर्नुभयो ।त्येस्तै आश्रममा आश्रयलिएका सबै  बुवा दाजुभाइ हरुको सुस्वास्थ दिर्घ जीबनको कामना गर्दै आश्रम ब्याबस्थापन प्रति  आफू र परिबार जनको तर्फबाट हार्दिक आभार ब्यक्त गर्नु भयको थियो । 

सैनामैना वडा न१ मुक्तिनाथ पथ मा बसोबास गर्दै आउनु भएका लोकराज भुसाल अखिल नेपाल ट्रेडयुनियन महासंघका केन्द्रीय अध्यक्ष यबं डब्लु एफ टि यु  समन्बय समिती नेपालका सचिबालय सदस्य हुनुहुन्छ त्यसैगरि कमला बन्जाडे अखिल नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्