शितागंगाको जुकेनामा कांग्रेस र माओवादी परित्याग गरी ४५ जना एमालेमा प्रवेश

| २०७८ भदौ २८ गते १७: २५ मा प्रकाशित

सचिन बोहोरा,अर्घाखाँची।  सितगंगा नगरपालिका वडा नम्बर ६ जुकेनामा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरेका ४५ जना नेकपा एमाले पाटीमा प्रवेश गरेका छन् ।

वडा स्तरीय बृहत कार्यकर्ता भेलामा एमाले पूर्वअध्यक्ष एवं लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला उपसचिव प्रेमनारायण गैरेले नवप्रवेशीलाई टीका लगाएर पाटीमा स्वागत गरेका थिए । 

कार्यक्रममा एमाले सितगंगा नगरपालिका अध्यक्ष वसन्त श्रेष्ठ, नेता ऋषि घिमिरे लगायतका नगर तथा स्थानीय नेता उपस्थित रहेका थिए ।  

प्रतिक्रिया दिनुहोस्