प्रचण्ड र माधवलाई वाम एकता पचेन ,कलङ्क को टिका लगाए : नेता महेश बस्नेत

| २०७८ भदौ २९ गते १५: ५१ मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड र माधवलाई वाम एकता नपचेको दाबी गरेका छन।

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको अायोजनामा सन्धिखर्क  बृहत कार्यकर्ता भेला लाई सम्बोधन गर्दै नेता महेश बस्नेतले कु'कु'रलाई घिउ नपचे जस्तै प्रचण्ड र माधवलाई पनि वाम एकता नपचेको दाबी गरेका हुन । 

छदाछदै को दुइतिहाइको पार्टी फुटाएर कलङ्क को टिका लगाएको आरोप लगाए । नेपालमा प्रचण्डको च्याखे दाउ वाला राजनीति अब नचल्ने समेत टिप्पणी गरे । परमादेशको सरकार काम नगर्ने हल्लामात्रै गर्ने नेता बस्नेतले बताए । 

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रवाह नेकपा एमाले भएको भन्दै उच्च मनोबलका साथ पार्टीका काममा जुट्न कार्यकर्तालाई अग्रह गरेका थिए । कार्यक्रममा १२ सय हाराहारी को उपस्थिति रहेको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।

एमाले नेता नजिर मिया , नेता चन्द्रबहादुर खड्का ,नेता रामजी प्रसाद घिमिरे , सचिवालय सदस्य नरेन्द्र कुमार क्षेत्री , प्रदेश कमिटीका सदस्य कुटमदिन अलि, उपसचिव प्रेमनारायण गैरे, जनार्दन खनाल , लिला बराल लगाएत नेताको मन्तव्य तथा उपस्थिति रहेको थियो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता ,उपाध्यक्ष जिवनारायण कोईरालाको स्वागत मन्तव्य र सचिव  तोजबहादुर रायमाझीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्