कमरेड प्रचण्ड सबै क्षेत्रबाट एक्लिनु भयो: म'र्दा सम्म एक ढिका आँशु खसाल्ने कोहि हुने छैन : महेश बस्नेत

| २०७८ भदौ २९ गते १६: २२ मा प्रकाशित

अर्घाखाँची । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" लाई सबै क्षेत्र बाट एक्ली सकेका कमरेडलाई मर्दा सम्म एक ढिका आँशु खसाल्ने कोहि नभएको दावी गरेका छन।

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा आज सन्धिखर्कको सभा हलको बृहत कार्यकर्ता भेला लाई सम्बोधन गर्दै नेता महेश बस्नेतले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"को राजनीतिक जीवन सक्किएको र उनि म'र्दा सम्म एक ढिका आँशु खसाल्ने कोही नभेटिने बताएका हुन। 

बस्नेतले माओ  ,लेनिन र माओत्सेको उदाहारण दिंदै प्रचण्डलाई उनि म'र्दा सम्म एक ढिका आँशु खसाल्ने कोही नभेटिने संज्ञा दिएका हुन्। 

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रवाह नेकपा एमाले भएको भन्दै उच्च मनोबलका साथ पार्टीका काममा जुट्न कार्यकर्तालाई अग्रह गरेका थिए । कार्यक्रममा १२ सय हाराहारी को उपस्थिति रहेको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।

एमाले नेता नजिर मिया , नेता चन्द्रबहादुर खड्का ,नेता रामजी प्रसाद घिमिरे , सचिवालय सदस्य नरेन्द्र कुमार क्षेत्री , प्रदेश कमिटीका सदस्य कुटमदिन अलि, उपसचिव प्रेमनारायण गैरे, जनार्दन खनाल , लिला बराल लगाएत नेताको मन्तव्य तथा उपस्थिति रहेको थियो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता ,उपाध्यक्ष जिवनारायण कोईरालाको स्वागत मन्तव्य र सचिव  तोजबहादुर रायमाझीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्