अर्घाखाँचीमा आज ६ जना कोरोना संक्रमित निको भएर घर फर्किए: थप ७ जनामा कोरोना पुष्टी(सम्पूर्ण विवरण सहित)

| २०७८ भदौ २९ गते १९: ३० मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। अर्घाखाँचीमा मंगलवार ६ जना कोरोना संक्रमित निको भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ३ जना, मालारानी गाउँपालीकाबाट २ जना र पाणिनी गाउँपालीकाबाट १ जनागरी ६ जना कोरोना संक्रमित निको भएका छन । यससंगै जिल्लामा हालसम्म ४ हजार ४३ जनाले कोरोनालाई जितेका छन ।

यस्तै मंगलवार थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ५ जना र भुमिकास्थान नगरपालीकामा २ जनागरी ७ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार १ सय ८४ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ६० जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा २४ जना, भुमिकास्थान नगरपालीमा १२ जना,मालारानि गाउँपालीकामा १९ जना, पाणिनि गाउँपालीकामा ३ जना र छत्रदेव गाउँपालीकामा २ जना सक्रिय संक्रमित रहेका छन । शितगंगा नगरपालीकामा भने सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्