नेपाल कम्यूनिस्ट पार्टी निकट युवा संगठन नेपालद्वारा जिल्ला प्रशासन कार्यलय अर्घाखाँची अगाडी धर्ना:

३ बुँदे सहमती इमान्दारीता पुर्वक कार्यन्यन गर्न माग

| २०७८ भदौ ३० गते १७: ३० मा प्रकाशित

भाद्र ३०,अर्घाखाँची। नेपाल कम्यूनिस्ट पार्टी निकट युवा संगठन नेपाल, अर्घाखाँचीले जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा ३ बुँदे सहमती इमान्दारीता पुर्वक कार्यन्यन गर्न माग गरेको छ । 

बुधबार दिउँसो २ बजेतिर प्रशासन कार्यालय अगाडी धर्ना कार्यक्रम र कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै ३ बुँदे सहमतीलाई ईमान्दारीता पुर्वक लागु गर, आस्थाका बन्दीहरुलाई नि ः सर्त रिहाईको माग गर्दै आन्दोलन समेत गरेको युवा संगठन नेपाल, अर्घाखाँचीका सचिव मनोज अधिकारी ले जानकारी दिएका छन । 

 प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जिल्लाबाट हुने सहमती अनुसारको काम भइसकेको, बाँकी संघिय सरकारको निर्णय बाट हुने काम बाँकी रहेको बताउँदै ज्ञापन पत्रलाई श्री प्रधानमन्त्रीको कार्यालय सिहंदरबार काठमाडौँ सम्म पु¥याउने प्रतिबद्धता गरेका छन । 

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता नविन खड्काले २ महिनामा सखाप पार्छौँ भन्नेहरुले २ वर्ष सम्म केही गर्न नसक्दा बाध्य भएर प्रतिबन्ध फुकुवा गरेको बताउँदै जुन तिन बुँदे सहमती सरकारले अहिले सम्म पालना नगरेको बताएका छन । हाम्रो पार्टी संग भएको ३ बुँदे सहमती र राजनितीक आस्थाका भरमा थुनिएका हाम्रा नेता तथा कायकर्तालाई बिना सर्त स–सम्मान रिहाई गर्न माग गर्दै यदि ३ बुँदे सहमती अक्षरांकस पालना नगरेमा फेरी नेपाली जनताले बिद्रोह गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्