युवानेता बाबुराम भुसाल नेकपा समाजवादी त्यागेर नेकपा एमालेमा प्रवेश

| २०७८ भदौ ३० गते २२: ३६ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची। 
भाद्र ३०- लामो समय देखि माधव नेपाल समुहमा रहेर काम गर्दै आउनु भएका युवा नेता वावुराम भुसालले नेकपा एकीकृत समाजवादी पार्टीमा नजाने घोषणा गर्नुभएको छ ।

उहाँले संचारकर्मी सँग कुराकानी गर्दै पार्टीमा देखिएको  मतभेद पार्टी भित्रै बसेर मिलाउनु पर्नेमा माधव नेपालले पार्टी फुटाएर गम्भीर गल्ती गरेको आरोप लगाउनु भयो । 

कम्युनिस्टहरु विभाजित हुँदा प्रतिगामी शक्तिहरुले फाइदा लिने भन्दै उहाँले एकीकृत पार्टी निर्माणको पक्षमा दृढता पुर्वक उभिन युवाहरू लाई आग्रह गर्नुभयो । युवानेता भुसालले नेकपा एमाले कम्युनिस्ट पार्टीको मुल प्रवाह भएको भन्दै भुलबस अरु पार्टीमा लागेकाहरु लाई समेत एमालेमा फर्कन आबह्वान समेत गर्नुभयो ।
उहाँले नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य,नेकपा एमालेका युवा ईन्चार्ज खुविराम आचार्य,युवा संघ नेपालका केन्द्रीय सदस्य तथा सन्धिखर्कका ईन्चार्ज ज्ञानेन्द्र घिमिरे ,सन्धिखर्क नगर कमिटीका सहसंयोजक प्रकाश श्रेष्ठ संग संयुक्त फोटा खिचाएर एकताको सन्देश दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्