माधब नेपाल प्रतिक्रियावादीको मतियार बने : अध्यक्ष आचार्य

जिल्लाको बिकासमा कुनै कमि हुन दिंदैनौं

| २०७८ भदौ ३१ गते १९: ४७ मा प्रकाशित

शोभाखर पन्थी,अर्घाखाँची।
भदौ ३१ - नेकपा एमालेका अध्यक्ष चेतनाराण आचार्यले माधवकुमार नेपाल प्रतिक्रियावादीको मतियार भएको आरोप लगाउनु भएको छ । नेकपा एमाले सन्धिखर्क नगरकमिटीको बैठकलाई बिहिवार सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले कम्युनिस्ट बिरोधि शक्ति केन्द्रको उक्साहटमा पार्टी फुटाएर माधव नेपालले आफ्नो असली रुप देखाएको बताउनु भयो ।

माधव नेपालको पार्टी छाता आकारको बन्दै गएको भन्दै उहाँले निर्वाचनमा त्यो समुहले एउटा वडा पनि जित्न नसक्ने दावी गर्नुभयो । लुम्बिनी प्रदेशका पुर्वमन्त्री समेत रहनुभएका आचार्यले अघिल्लो सरकारले ल्याएका बिकासका योजनामा सरकारले अबरोध सिर्जना गरे नेकपा एमाले चुप लागेर नबस्ने चेतावनी दिनुभयो । उहाँले केन्द्र र प्रदेशमा नेकपा एमालेको सरकार नभए पनि जिल्लाको बिकासमा कुनै कमि हुन नदिने बताउनुभयो ।

नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता,सचिव शिव अधिकारीको संचालन र कार्यालय सदस्य विष्णु परियारको स्वागत मन्तव्य रहेको कार्यक्रममा वडा कमिटीको तर्फबाट वडा नं.१ बाट अध्यक्ष लक्ष्मण पराजुली ,२ बाट नारायण खड्का ,३ बाट वावुलाल खड्का ,४ बाट जनार्दन खनाल,५ बाट डिलाराम बन्जाडे,६ बाट श्रीधर महत्रा,७ बाट लक्ष्मण कँडेल ,८ बाट तुल्सी भुसाल ,९ बाट तुल्सी रायमाझी ,१० बाट लक्ष्मीनारायण चुँदाली,११ बाट तेजप्रसाद भुसाल र वडा नं.१२ बाट बसन्त श्रेष्ठले रिपोर्टिङ गर्नुभएको थियोे ।

बैठकले पालिकामा नेकपा एमाले अन्य दलको तुलनामा निक्कै बलियो र सुदृढ रहेको निश्कर्ष निकाल्दै थप योजनाका साथ संगठन निर्माणको निम्ति जनता बीच जाने निर्णय गरेको नगर सचिव शिव अधिकारीले बताउनुभयो । बैठकमा नेकपा एमालेका उपसचिवप्रेमनारायणगैरे,नगरकमिटीका ईन्चार्ज युवराज श्रेष्ठ ,सहईन्चार्ज रामबहादुर रायमाझी ,जिल्ला सचिवालय सदस्य केबी भुसाल ,सरोज भुसाल ,ईश्वर पोख्रेल ,सफि मियाँ ,लिल बहादुर बि.क.,खुबिराम आचार्य लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्