अर्घाखाँचीमा आज ६ जनाले कोरोनालाई जितेर घर फर्किए: थप ५ जनामा कोरोना संक्रमण पुष्टी

| २०७८ भदौ ३१ गते २०: ५२ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा बिहिवार ६ जना कोरोना संक्रमित निको भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ३ जना,भुमिकास्थान नगरपालीकाबाट १ जना र मालारानी गाउँपालीकाबाट २ जना गरी ६ जना कोरोना संक्रमित निको भएका छन । यससंगै जिल्लामा हालसम्म ४ हजार ४९ जनाले कोरोनालाई जितेका छन ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ४ जना र मालारानी गाउँपालीकामा १ जनागरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार १ सय ९६ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ६६ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा २६ जना, भुमिकास्थान नगरपालीमा ११ जना,शितगंगा नगरपालीकामा ५ जना,मालारानि गाउँपालीकामा १९ जना, पाणिनि गाउँपालीकामा ३ जना र छत्रदेव गाउँपालीकामा २ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्