अर्घाखाँची का सिडियोले घर -घरमा पुगेर दिन्छन् नागरिकता(तस्विर सहित)

| २०७८ असोज १ गते ११: ०१ मा प्रकाशित

कमला थापा ,अर्घाखाँची।
असोज १ -  अर्घाखाँची का प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले शारीरिक अपांगता तथा मानसिक अपाङ्ग ता भएका हरु लाई उनी हरुकै घर घरमा पुगि नागरिकता बितरण गरेका छन ।

< /figure> बिहिवार नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक कुमार खनालको पहलमा सन्धिखर्क नगरपालिका वडा न. १ निवासी स्व. ओम बहादुर थापा कि २७ बषिया पुर्ण शारीरिक अपांगता भएकी भारती थापा लाई उनकै घरमा पुगि नागरिकता प्रदान गरेका हुन ।

अपांगता भएका मान्छे हरुलाइ स्यार सुसार गर्नु पर्ने पारिबारिक बाध्यता लाई बुझी घरमै आइ आफ्नी अपाङ्गता भएकी छोरी लाई नागरिकता दिएकोमा उनकी आमा ज्ञानि थापा लगायत का परिबारले जिल्ला प्रशासन कार्यलय तथा घरमै पुगि छोरी को  स्वास्थ अबस्थाको  बारेमा बुझी वडा देखी जिल्ला प्रशासन कार्यलमा आफै सिफारिस  बनाइ  नागरिकता दिएको मा पत्रकार महासंघ का जिल्ला  अध्यक्ष अशोक कुमार खनाल लाई धन्यवाद दिएका थिए ।

जिल्ला स्थित शुरक्षा निकायका प्रमुख हरु शसस्त्र प्रहरी नायब उपरीक्षक राम कृष्ण महर्जन , प्रहरी निरीक्षक गणेश खनाल ,जिल्ला प्रशासन कार्यलय अर्घाखाँची का नायब सुब्बा कृष्ण प्रसाद आचार्य सन्धीखर्क नगरपालिका वडा न. १ का सचिव पुस्पा भुसाल तथा सन्चारकर्मी  लगाएत को उपस्थित रहेको थियो ।
 
यसै गरि जिल्लाकै भुमिकास्थान नगरपालिका वडा न. ५ निवासी मानसिक अपांगत भएका २७ बषिया केशव बन्जाडे लाई पनि यस् अगाडि नै उनको घरमा पुगि नागरिकता तथा राहत बितरण गरि सकिएको थियो। 

अपांगता हुनु आफ्नै भाग्यको कमजोरि भएको स्विकार्दै परिबारका सदस्य हरु ले राज्य बाट पाउने सेवा सुबिधा नागरिकत नभएको कारण आफू हरु बन्चित भएको र नागरिकता पाए पछि अब  केही राहतको महसुस हुनेमा आशाबादी देखिदै यत्रो पहल गरिदिएको मा पत्रकार महासंघ अर्घाखाँची का अध्यक्ष अशोक कुमार खनाल लाई धन्यवाद समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्