राप्रपा अर्घाखाँचीको जिल्ला अध्यक्षमा दिपक कुँवर

| २०७८ असोज १ गते १८: ५९ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले राप्रपा अर्घाखाँचीको जिल्ला अध्यक्षमा दिपक कुँवर लाई सर्वसम्मत चयन गरेको हो ।

राष्ट्रियता प्रजातन्त्र उदारवाद मा आधारित संवर्धनवाद सहितको हिन्दुराष्ट्र राजसंस्था र प्रजातन्त्र ल्याऔं भन्ने मुलनाराका साथ जिल्ला अधिवेशन सम्पन्न गरेको थियो ।

अधिवेशनले प्रदेश सभा क्षेत्र नम्बर (क) सम्सुदिन मिया,  क्षेत्र नम्बर (ख) सुमन्त बेल्बासे  सन्धिखर्क नगरपालिका सुदन शाह ,  सितगंगा नगरपालिका देविराम गैरे, भुमिकास्थान नगरपालिका भोजराज दमासे ,छत्रदेव गाउँपालिका विन्द्रा बहादुर थापा, पाणिनी गाउँपालिका ताराप्रसाद भट्टराई  र मालारानी गाउँपालिका वालान्द भुसाल लाई  चयन गरेको थियो । राप्रपाको केन्द्रीय महाधिवेशन आगामी कात्तिक २७ गतेदेखि सुरु हुने राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्