थान बहादुरको नेतृत्वमा सन्धिखर्क नगरपालिका स्थानीय कार्य समिति गठन

| २०७८ असोज १ गते १९: २० मा प्रकाशित

अशोक खनाल । नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समितिले पहिलाे पटक सन्धिखर्क नगरपालिकामा अधिकृत छैठाै थान बहादुर महत्रा क्षेत्रीकाे अध्यक्षतामा सन्धिखर्क नगरपालिका स्थानीय कार्य समिति गठन गरेकाे छ ।

जिल्ला सदरमुकाममा स्थित नगरपालिकाबाट आफ्नाे स्थानीय कार्य समिति गठन गर्न युनियनले शुरु गरेकाे छ । जसकाे उपाध्यक्षमा हरिबहादुर बाेहारा, बेल कुमारी परियार, सचिव धर्मराज भुसाल, काेषाध्यक्ष प्रकाश परियार रहनु भएकाे छ भने सदस्यहरुमा क्रमश सञ्जु के.सी., गगन आचार्य, सीता बि.सी., सरिता घिमिरे, चन्द्रमणि आचार्य, दिपक आचार्य, यमुना पन्थी र युवराज खनाल रहेकाे १३ सदस्यीय कार्य समिति गठन भएकाे छ ।

त्यस्तै कार्य समितिलाई सल्लाह, सुझाव र मार्ग दर्शन गर्ने गरि नगरपालिकामा कार्यरत अधिकृत साताै मञ्जु खनाल, अधिकृत छैठाै राजेन्द्र भट्टराई र सहायक स्तर पाँचाै मुक्त्तिराम खनाल रहेकाे ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेकाे छ ।

नेपाली काँग्रेसकाे पार्टी कार्यालय वि.पि. स्मृति भवनमा रहेकाे युनियनकाे सम्पर्क कार्यालयमा सम्पन्न भएकाे कार्यक्रममा युनियनका अध्यक्ष शेषकान्त घिमिरे “अशोन” लगयतका पदाधिकारीकाे साथै आधिकारिक ट्रेड युनियनका अध्यक्ष झविन्द्र खनाल लगायत अन्य पदाधिकारीहरुकाे उपस्थिति रहेकाे कार्यक्रममा सल्लाहकार मन्जु खनाल, केन्द्रीय सभा सदस्य रुकेन्द्र पालुङ्गे, उपाध्यक्ष माधव अर्याल, आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष झविन्द्र खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । त्यसै गरि अब छिट्टेै बाँकी रहेका ५ वटा स्थानीय तहहरुमा पनि कार्य समिति गठन गरिने छ भन्ने जानकारी बाेल्ने वक्ताहरुले जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रमका अध्यक्ष शेषकान्त घिमिरेले सन्धिखर्क नगरपालिकामा स्थानीय कार्य समिति गठनमा विशेष भूमिका खेल्ने उपाध्यक्ष माधव अर्याल र सन्धिखर्क नगरपालिकामा कार्यरत युनियनकर्मीहरु लगायत सम्पूर्ण पदाधिकारीहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नु भएकाे कार्यक्रम जिल्ला कार्य समितिका सचिव रवि अर्यालले संचालन गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्