अर्घाखाँचीको सुपादेउरालि मन्दिरको मुल ढोका खुल्यो

| २०७८ असोज १ गते २०: ०३ मा प्रकाशित

झनक केसि, अर्घाखाँची।  विश्वभर कोरोनाको माहामारि फैलिदै गएपछि नेपालमा माहामारीको खतराको घन्टि बजेपछी देशभर लकडाउन सुरु भए संगै अर्घाखाँचीमा पनि  २०७८ बैसाख १६ गते देखि गर्दा मठमन्दिर गृहमन्त्रालयको आदेश अनुसार बन्द रहेको यो सुपादेउराली मन्दिर आज २०७८ असोज १ गते सुचारु भएको मन्दिर ब्यबस्थापनका सचिब यादब घिमिरेले बताएका छन।

सुपादेउराली मन्दिर अर्घाखाँची महेन्द्र राजमार्गको गोरुसिंङ्गे सन्धिखर्क सडकमार्गको झन्डै ४७ किलोमिटर दुरीमा रहेको नेपालकै प्रख्यात मन्दिर मध्य अर्घाखाँची सुपा देउरालीबारे नसुन्ने बिरलै होलान् । यो मन्दिर सन्धिखर्क र शीतगंगा  नगरपालिकाको साझा मन्दिर भनेर चिन्दछन । प्राकृतिक सौन्दर्यले भरिएको महाभारत पर्वत श्रृङ्खला अन्तरगत पहाडको खोँचमा रहेको यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । 

आफुले कामना गरेको भाकल पूरा भएपछि मन्दिरमा पूजा गर्न आउने गरेको भक्तजनहरु बताउँछन् । पश्चिम नेपालमा रहेको यो मन्दिरमा विवाह गरेका नवजोडीहरु जीवन सफल बनाँउनका लागि बिहे लगतै दर्शन गर्न आउने चलन रहेको भक्तजन अर्जुन पोख्रेलले जानकारी दिए ।

यो मन्दिरमा शनिवार भक्तजनहरुको व्यापक भिड लाग्ने गरेको छ । आफ्नो मनोकामना पूरा होस भन्दै नरिवल, परेवा, जिन्सी समानहरु मन्दिरमा चढाउने चलन रहेको छ । 

२०४२ सालमा मन्दिर निमार्ण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ । 

सुपा देउराली नजिकै एउटा भीर रहेको छ, जसलाई लाहुरे टाँसिएको भीरको नामबाट चिनिने गर्दछ । यो भीरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्बदन्ती रहेको मन्दिरका पुजारीले भन्दै आएका छन। 

परापूर्वकालमा जागिरका लागि एकजना लाहुरेले सुपा देउराली मन्दिरमा भाकल गरेका थिए । उनको भाकल पनि पूरा भयो । मन्दिरको बाटो हुँदै फर्किदै गर्दा उनले मन्दिरमा भाकल अनुसार पुजा नगर्दा उनलाई जसको फलस्वरुप उनी भित्तामा टाँसिएर बिलिन भएको किम्बदन्ती रहेको छ यहाँका बुढापाका पुराना पुजारिले बताउदै आएका छन ।

ऐले यो मन्दिरको नजिकै एउटा दुईबटा पहाड जोडेर झोलुन्ङे पुल बनेको छ। यो पुल २७२ मिटर लम्बाई र १६२ मिटर अग्लो रहेको छ ऐले यो पुल हेर्न र घुम्न आउने दैनिक जसो भिड लाग्ने गर्दछ। सेल्फी खिच्न आउने टिकटक बनाउने युवा युवतीहरुको नाच्ने थलो बनेको छ।

देउराली मन्दिरमा शनिवारका साथै दशैका बेला ठूलो भीड लाग्ने गरेको मन्दिरका पुजारी राम प्रसाद  खनालले जानकारी दिए ।  

२०७८ बैसाख १६ गते देखि कोरोनाको माहामारिले गर्दा मठमन्दिर गृहमन्त्रालयको आदेश अनुसार बन्द रहेको यो मन्दिर आज  २०७८ असोज १ गते सुचारु भएको मन्दिर ब्यबस्थापनका सचिब यादब घिमिरेले बताएका छन। मन्दिर आज बिस्वकर्मा पुजाको अबसर पारेर मन्दिरको मुल ढोका खोलिएको हो। केही दिन पहिला भक्तजनहरुको भिडभाडलाई मध्यनजर गर्दै मेडा पुजागर्ने ठाउँ खोलिएको थियो घिमिरेले जानकारी दिए।

आज मन्दिर खोलेको खबर सुन्ने बित्तिकै भक्तालुहरुको आउनेक्रम सुरु भै सकेको स्थानियले बताएका छन । आज बिस्वकर्मा पुजाको अबसरमा विभिन्न सवारी साधन पुजा गर्नेको भिडनै लागेको थियो ।

सुपादेउरालि मन्दिर

 

मोटर साइकल, टेक्सी , टिप्पर,बसहरु पुजा गर्दै सवारी साधन सिगारेर विस्वकर्मा पुजा गरेका थिए।

बाइक पुजा 

 

 

प्रतिक्रिया दिनुहोस्