टोपबहादुर रायमाझीले हाेइन, अब हामीले चुनाव जित्छाैं : समाजवादीका नेता गुरुङ

| २०७८ असोज २ गते १७: २५ मा प्रकाशित

अर्घाखाँची – एकीकृत समाजवादी पाटीका लुम्बिनी प्रदेश सचिव एवं रुपन्देहीका अध्यक्ष युवा नेता राजु गुरुङले गलत बाटोमा लागेर चुनाव जित्ने लोभमा एमालेतिर लागेका टोपबहादुर रायमाझीले अब अर्घाखाँचीबाट चुनाव जित्न नसक्ने दावी गरे । उनले समाजवादी पाटीप्रति जनलहर बढ्दो भएकाले अर्घाखाँचीमा शक्तिशाली हुने र चुनाव जित्ने बताए ।

एकीकृत समाजवादी पाटीको शनिवार सन्धिखर्कमा पाटी कार्यालयको शुभारम्भको कार्यक्रममा बोल्दै उनले कम्युनिष्टको नाममा गलत बाटोमा लागेका रायमाझीलाई समाजवादी पाटीको जनमत देखेर चुनाव हारिने डरले विचलित भएको बताए ।  ‘अब रायमाझी चुनाव जित्ने छैनन्, चुनाव हामीले जित्छाै, समाजवादीकाे याे लहर देखेर भरसक अर्घाखाँची नै आउने छैनन् ,’  उनले भने, ‘एमालेमा भएका असली, अग्रगामी र क्रान्तिकारीहरु विस्तारै समाजवादीतिर आउनेछन् । हामी असली कम्युनिष्ट पाटी निर्माण गर्न एमालेबाट विद्रोह गरेका हौं, अर्घाखाँची सहित देशभर शक्तिशाली कम्युनिष्ट पाटी एकीकृत समाजवादी पाटी नै बन्छ ।’

जननी खबर 

प्रतिक्रिया दिनुहोस्