समाजसेवी दोए सचिन पाण्डे र बिष्नु सुवेदी द्वारा संकलित सहयोग रकम हस्तान्तरण

| २०७८ असोज ३ गते १२: ४१ मा प्रकाशित

समाजसेवी दोए सचिन पाण्डे र बिष्नु सुवेदी द्वारा संकलित सहयोग रकम हस्तान्तरण गरेका छन्।  

छत्रदेव ८ धरम्पानीका १७ बर्षिय बोन क्यान्सर पिडित भाइ गणेश खनाल बचाउका लागि संकलित रकम रु(१४१,१५५)अक्षरुपि एक लाख एकचालीस हजार एक सय पचपन्न रुपैयाँ आज एक कार्यक्रम का बिच पिडित गणेश खनाल उपचार्थ हस्पिटलमा पसगि हस्तान्तरण गरिएको छ।।

पिडित गणेश खनाल लामो समय देखि बोन क्यान्सर बाट पिडित छन उन्को उपचारका लागि पारिबारिक आर्थिक स्रोत नभएका कारण उपचारमा समस्या भएको जानकारी पाए लगत्तै समाजसेवि दोऐ सचिन पाण्डे र बिष्नु सुबेदिले सम्युक्त रुपमा सामाजिक सन्जालबाट सहयोग लागि सबै सहयोगी मन समक्ष अपिल गरेका थिऐ नभन्दै सहयोगी मनहरु एकाएक जोडिदै गएपछि यति ठुलो आर्थिक रकम जुटेको हो

सहयोग रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी बिकाश खनाल अभियानका नेतृत्व कर्ता समाजसेवी सचिन पाण्डे बिष्नु सुवेदी पुगेर बिरामी अबस्था बुझि बिरामीको उपचारमा कुनै कसुर बांकि नराख्ने भन्दै पिडित परिबारलाइ आस्वासन दिएका छन भने पिडित परिबारको तर्फबाट आफ्नो छोरा बचाउका लागि सहयोग गर्नुहुने सबैलाई पिडित गणेशको आमा शान्ता खनालले धन्यवाद दिनु भयो।।

साथै समाजसेवी दोए पाण्डे र सुवेदी बिगत लामो समय देखि सामाजिक कार्यमा सक्रिय छन भने जिल्लाका धेरै दुखि गरिब पिडितलाई सहयोग उपलब्ध गराउदै आएका छन।।

प्रतिक्रिया दिनुहोस्