भक्ति प्रसाद आचार्य ( राजु नेपाली ) प्रदेश प्रमुख जनसेवा पदक बाट सम्मानित

| २०७८ असोज ३ गते १८: २० मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।जनता समाजवादी पार्टी अर्घाखाँचीका नेता भक्ति प्रसाद आचार्य ( राजु नेपाली ) प्रदेश प्रमुख जनसेवा पदक बाट सम्मानित भएका छन ।

लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ५७ जनालाई विभूषित गर्ने निर्णय गरेको थियो ।

२०३६ कार्तिक ३१ मा अखिल भारतीय नेपाली एकता समाज स्थापना गरि संस्थापक सदस्य भएको, नेपाल को प्रजातान्त्रिक  आन्दोलनका लागि भारतमा दर्जनौं पटक गिरफ्तार  भएको ,गणतन्त्र प्राप्तिका लागि नेपालमा भएको आन्दोलनमा महत्त्वपूर्ण भुमिका रहेको भन्दै नेता भक्ति प्रसाद आचार्य लाई  प्रदेश प्रमुख जनसेवा पदक बाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्