बाँगी - रुपन्देही सम्पर्क समाजका अध्यक्ष खड्का नेकपा (एस) मा प्रवेश , पदको लागी पार्टी परिवर्तन हल्ला मात्र

| २०७८ असोज ४ गते १६: २१ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका-५ बाँगी कर्नामारे निवासी समाज सेवि तथा बाँगी - रुपन्देही सम्पर्क समाजका  अध्यक्ष भोज बहादुर खड्का नेकपा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीमा चयन भएका छन् । 

रुपन्देहीमा विभिन्न व्यवसाय गर्दै आएका समाजसेवी भोजबहादुर खड्का  पछिल्लो समय राजनीतिमा सक्रिय भएर लागेका हुन। 

 

भोजबहादुर खड्का महेश पन्थी, खिमानन्द आचार्य 

नेकपा एकीकृत समाजवादी पार्टी रुपन्देहीको जिल्लाकमिटि सचिवालय सदस्य रहेका खड्काले पदको लागि पार्टी परिवर्तन गरेको भन्ने हल्ला मात्र रहेको बताए । राजनीतिबाट समाजसेवामा थप उर्जा थपिएको खड्का बताउछन । राजनितीले देश, जनता र मुलुकको सेवा गर्नेहो। राष्ट्रलाइ ठुलठुला संकट बाट मुक्त गराइ सबल, समानता र न्यायमुलक समाज निर्माण गर्ने युवाको महत्त्वपूर्ण भुमिका रहेको खड्का बताउछन । 

यस्तै बाँगीका युवा व्यवसायी महेश पन्थी, खिमानन्द आचार्य पनि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्