सुपादेउराली नजिकै ट्रक बिग्रीदा सन्धिखर्क गोरुसिंगे सडक पूर्ण रुपमा अवरुद्व

| २०७८ असोज ४ गते १६: ३९ मा प्रकाशित

बिनोद थापा। सन्धिखर्क गोरुसिंगे सडक अन्तर्गत सुपादेउराली र नरपानीको बिच सडकमा मालबाहक ट्रक बिग्रीदा सडक पूर्ण रुपमा अवरुद्व भएको छ। 

आज बिहान करिब १० बजेको समयमा ट्रकमा केहि समस्या आएपछि दिउँसो ४ बजे सम्म सन्धिखर्क गोरुसिंगे सडक अवरुद्व रहेको थियो। 

यो पनि पढ्नुहोस 

अर्घाखाँचीको मालारानी गाउँपालिका-५ बाँगी कर्नामारे निवासी समाज सेवि तथा बाँगी - रुपन्देही सम्पर्क समाजका  अध्यक्ष भोज बहादुर खड्का नेकपा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीमा चयन भएका छन् । 

रुपन्देहीमा विभिन्न व्यवसाय गर्दै आएका समाजसेवी भोजबहादुर खड्का  पछिल्लो समय राजनीतिमा सक्रिय भएर लागेका हुन। 

नेकपा एकीकृत समाजवादी पार्टी रुपन्देहीको जिल्लाकमिटि सचिवालय सदस्य रहेका खड्काले पदको लागि पार्टी परिवर्तन गरेको भन्ने हल्ला मात्र रहेको बताए । राजनीतिबाट समाजसेवामा थप उर्जा थपिएको खड्का बताउछन । राजनितीले देश, जनता र मुलुकको सेवा गर्नेहो। राष्ट्रलाइ ठुलठुला संकट बाट मुक्त गराइ सबल, समानता र न्यायमुलक समाज निर्माण गर्ने युवाको महत्त्वपूर्ण भुमिका रहेको खड्का बताउछन । 

यस्तै बाँगीका युवा व्यवसायी महेश पन्थी, खिमानन्द आचार्य पनि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्