अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं अर्घाखाँचीको २६ औँ जिल्ला सम्मेलन सम्पन्न

| २०७८ असोज ९ गते २१: ५९ मा प्रकाशित

गुरुदेब खनाल, सन्धिखर्क । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं अर्घाखाँचीको २६ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ सन्धिखर्कमा सम्पन्न भेलाले जीवन नेपाली को अध्यक्षतामा १५ पुर्ण र ४ बैकल्पिक सदस्य चयन गरेको छ ।जसको उपाध्यक्ष मा प्रकाश चुदालि,सचिवमा लक्ष्मि बन्जाडे , सह सचिवमा दिपक पन्थि र कोषाध्यक्षमा गिता थापा मगर लाई चयन गरेको छ।

सम्मेलनले ४ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ जसमा पुरन नेपाली , हिम्मत खनाल , सुरज चुदालि,सुमन पुरी रहेका छन्।

 प्रमुख अतिथि अखिल छैठौं केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराई ले मैन बत्ती बालेर सम्मेलन उद्घाटन गर्नुभएको थियोे ।कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराई ले  देशको शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन ,शैक्षिक निजीकरण का बिरुद्ध  बिद्यार्थी हरुको हक अधिकार प्राप्ति को निम्ति सम्पूर्ण बिद्यार्थी साथीहरू अखिल छैठौंमा आबद्ध भई मैदान उत्रने बेला आएको बताउनु भएको थियो ।कार्यक्रममा बिशिस्ट अतिथि रा ज मो केन्द्रीय बैकल्पिक सदस्य सागर के सि , बिशिस्ट अतिथि राजमो जिल्ला अध्यक्ष थम्मन  केसि , नेकपा मसाल जिल्ला प्रबक्ता पशुपति ढकाल लगायतका अतिथिहरुले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियोे ।

अखिल छैठौं  जिल्ला अध्यक्ष पुरन नेपाली को अध्यक्षता , लक्ष्मी बन्जाडेको स्वागत मन्तब्य बाट अगाडि बढेको सम्मेलनको सन्चालन अखिल छैठौं का केन्द्रीय सदस्य सन्देश खनालले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्