अर्घाखाँची। नेपालीहरुको महान पर्व बिजया दशैं नजिकिदै गर्दा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।
आज मिति २०७८ साल असोज २३ गतेका दिन “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र मातहत प्रहरी कार्यालयहरुको आयोजनामा नजिकिदै गरेको बिजया दशमीको अवसरमा हुन सक्ने अपराधिक क्रियालापहरुलाई मध्येनजर गर्दै विभिन्न वडा एरियाहरुमा घर दैलो कार्यक्रम गरिनुका साथै जनचेतनामुलक पर्चापम्पिलेट वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्