सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वडा कार्यलय अनुगमनमा

| २०७८ असोज २३ गते १७: ५६ मा प्रकाशित

अशोक खनाल।
असोज २३ - अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वडा कार्यलय अनुगमनमा पुगेका छन् ।

शुक्रबार प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल नगरपालिकाको वडा न.१ को वडा कार्यलय अनुगमनमा पुगेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले वडाबाट हुने कार्य सम्पादनको अवस्था, ब्यवसाय दर्ता नबिकरण, कार्यलयको अभिलेख ब्यावस्थापन, जिन्सी ब्यवस्थापन, कर्मचारी हाजिरी तथा समग्र सेवाको विषयमा जानकारी लिए ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले सेवाग्राहीसंग समेत वडाको सेवा सुविधाको विषयमा कुराकानी गरेका थिए ।


सन्धिखर्क नगरपालिकाको सबै भन्दा ब्यस्त रहने यस वडाको कार्य सम्पादन राम्रो भएकोमा खुशी ब्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले अन्य वडाहरुको अनुगमनमा समेत पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्