सन्धिखर्क नगरपालिकाद्वारा दशैँको उपलक्ष्यमा कैदी बन्दिलाई घो'र्ले खसी तथा अन्य सामाग्री हस्तान्तरण

| २०७८ असोज २५ गते २१: २२ मा प्रकाशित

सुर्य भुसाल। सन्धिखर्क नगरपालिका अर्घाखाँची ले बिजया दशमी को उपलक्ष्य मा जिल्ला कारागार अर्घाखाँची मा रहेका कैदि बन्दिहरुलाई खसी तथा अन्य सामाग्री हस्तान्तरण गरेको छ । 

जिल्ला कारागारमा रहेका  कैदिबन्दिहरु लाई बिगतका बर्षहरुदेखि खसी नगरपालिकाले उपलब्ध गराउदै आएको र यश बर्षपनि झन्डै ३० केजिको खसी नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले कारागारमा रहेका कैदिबन्दिहरुलाई बिजया दशमी को शुभकामना सहित खसी उपलब्ध गराउनु भएको हो ।

 कारागारमा भएको खसी हस्तान्तरण कार्यक्रममा नगरपालिका का प्रमुख  कमल प्रसाद भुसाल नगरउपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल प्राबिधिक नारायण पोख्रेल लगाएत कारागारमा रहेका कर्मचारी कैदिबन्दि हरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्